वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनाको नमूना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोराेना संक्रमण पुष्टि भएको छ ।
याे अवधिमा २५ सय ४० जना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
त्यसैगरी संक्रमणबाट ४ जनाकाे निधन भएकाे छ ।
हाल देशभरि सक्रिय संक्रमितकाे संख्या बढेर ८२ हजार ५५० पुगेकाे छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा एक लाख १९ हजार ३७१ जनाले खाेप लगाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij