Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शिक्षक सेवा आयोगले जारी गर्यो यस्तो सूचना, परीक्षा के होला ?

शिक्षक सेवा आयोगले जारी गर्यो यस्तो सूचना, परीक्षा के होला ?

  • 14.0K
    SHARES
  • शिक्षक सेवा आयोगले जारी गर्यो यस्तो सूचना, परीक्षा के होला ?

    काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको म्याद थप गरेको छ । आयोगले शुक्रबार (७ माघ) सूचना जारी गर्दै सोबारे जानकारी गराएको हो ।

    images

    आयोगद्वारा जारी सूचनामा भनिएको छ, ‘शिक्षक सेवा आयोगबाट प्रकाशित निम्न माध्यमिक तह तृतीय श्रेणी पदको अनलाइन फाराम भर्ने सिंगल दस्तुरको अन्तिक मिति २०७८/१०/०६ गतेसम्म र दोब्बर दस्तुरको अन्तिम म्याद मिति २०७८/१०/१३ गतेसम्म तोकिएकोमा दरखास्त दिने उम्मेदवारहरूको सुविधालाई ध्यानमा राखी सो म्यादमा २ दिन थप गरी क्रमशः सिंगल तस्तुरको म्याद मिति २०७८/१०/०८ गते राति ११ः५९ बजेसम्म र दोब्बर दस्तुरको म्याद मिति २०७८/१०/१५ गते बजेसम्म कायम गरिएको छ । उक्त थपिएको म्याद सकिएको भोलिपल्ट बैंकिङ कारोबार हुने समयभित्र तोकिएको राजश्व दस्तुर रकम तोकिएको बैंकमा अनिवार्य रूपमा जम्मा गर्नुहुन आयोगको मिति २०७८/१०/०७ को निर्णयअनुसार जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै अन्य विषयको हकमा यो विज्ञापन हुँदा उल्लेखित भएका सर्तहरू नै कायम रहने व्यहोरा समेत जानकारी गराइन्छ ।’

    परीक्षाको सन्दर्भमा भने कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गरेर आयोगले उचित समयमा उचित निर्णय गर्ने जानकारी दिएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले मंगलबार वेबटिभी खबरसँग भने, ‘अहिले दरखास्त फाराम भर्ने म्याद पनि थपिएको छ । कोरोना भाइरसको अवस्थालाई मध्यनजर गर्दै उचित समयमा परीक्षाबारे निर्णय गर्छौं ।’ 

    tsc.JPG

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology