Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मतदाता नामावली संकलन स्थगित

मतदाता नामावली संकलन स्थगित

  • 644
    SHARES
  • मतदाता नामावली संकलन स्थगित

    रामपुर । पाल्पामा मतदाता नामावली संकलन कार्य स्थगित भएको छ । मतदाता नामावली संकलन गर्दा कार्यालयमा कोभिड-१९ संक्रमणको जोखिम बढी हुने भएकाले सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

    आजदेखि लागु हुने गरी अर्को सूचना जारी नभए सम्मका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय रामपुरबाट हुँदै आएको फोटोसहितको मतदाता नामावली संकलन स्थगित गरिएको हो । 

    फोटो सहितको मतदाता नामावली संकलन गर्दा सेवाग्राहीले मास्क खोल्नुपर्ने, डिजिटल फोटो खिच्नुपर्ने, औँठाछाप लगाउनुपर्र्ने हुदाँ संक्रमणको जोखिम हुने भएकाले बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij