Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका तीनजना नेता निष्कासित

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका तीनजना नेता निष्कासित

  • चैत्र २४, २०७७ मंगलवार १३:०० बजे
  • 1.4K
    SHARES
  • एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका तीनजना नेता निष्कासित

    काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले निवर्तमान सचिवहरू सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

    दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारबाही गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जनकारी दिए । महरद्वारा जारी विज्ञप्तिमा मंगलबार तीनजनालाई निष्काशन गरिएको उल्लेख छ । 

    केही दिनअघि माधव नेपाल पक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह-अध्यक्ष र लामालाई महासचिव चयन गरेपछि ओलीपक्षका साविक विद्यार्थी नेतासँग उनीहरुको खटपट बढेको थियो ।

    एमालेको विद्यार्थी संगठनमा समानान्तर गतिविधि गरेको भन्दै महरले ती नेतालाई चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए ।

    ‘स्पष्टीकरण सोद्धा पनि साथीहरूबाट जवाफ नआएकाले उहाँहरूलाई संगठनबाट निष्काशन गरिएको हो,’ महरले भने ।

    एमालेले यस अघि माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल र अर्घाखाँजी जिल्ला कमिटीका तीनसहित सातजना शीर्ष नेतालाई पार्टीका साधारण सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।

    169345096_1097881910716123_9222979401353671480_n.jpg

  • सम्बन्धित विषय:

  • # अनेरास्ववियु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij