Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

ताराखोला जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो 

ताराखोला जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो 

  • 367
    SHARES
  • ताराखोला जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो 

    गलकोट । ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरण राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २८० किलोवाट क्षमताको उक्त आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको थियो ।

    दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको र अहिले राष्ट्रिय प्रसारणमा जोडिएको ताराखोला जलविद्युत् लिमिटेडका अध्यक्ष हिमाल विकले जानकारी दिए । ‘दुई वर्षदेखि विद्युत् उत्पादन भइरहेको थियो, उत्पादनको आधा विद्युतसमेत गाउँमा खपत भएको थिएन, गाउँमा जम्मा १ हजार ३ सय घरमा विद्युतीकरण गरिएको छ,’ उनले भने, ‘अहिले नेपाल विद्युत् प्राधिकरणसँग खरिद बिक्री सम्झौता (नेट मिटरिङ पिपिए) गरेका छौं । गत माघ ११ गतेदेखि आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।’

    उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने अनुमान गरिएको छ । दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको ताराखोला जलविद्युत् आयोजनाले जनाएको छ । प्राधिकरणअन्तर्गत गलकोटको हरिचौर सबस्टेसन मार्फ ताराखोलाको अर्गलमा वितरण गरिएको प्रसारण लाइनमा सो आयोजनाले उत्पादन गरेको विद्युत् जोडिएको प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनिले जानकारी जानकारी दिए ।

    उनका अनुसार राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्राधिकरणले दिएको अनुमतिअ नुसार आयोजनालाई राष्ट्रिय प्रसारण आयोजनाको ११ केभिए प्रसारण लाइनमा जोडिएको छ । सो आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले खपत गर्ने र आयोजनाले कम उत्पादन गर्दा प्राधिकरणको विद्युत् आयोजनामार्फत वितरण गर्ने गरी सम्झौता भएको छ ।

    केन्द्र प्रमुख मरासिनीका अनुसार ६ महिना मङ्सिरदेखि वैशाखसम्म प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र अर्को ६ महिना जेठदेखि कात्तिकसम्म प्रतियुनिट ४ रुपैया ८० पैसामा खरिदबिक्री गर्ने सम्झौता भएको छ । सम्झौताले स्थानीयवासीलाई बढी फाइदा पुग्ने उनको भनाइ छ । स्थानीय जलविद्युत्  समस्यामा बन्द हुँदासमेत गाउँमा प्राधिकरणको विद्युत् पठाउन सकिन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij