Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

संविधान अनुसार स्थानीय,प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन्छ : सञ्चारमन्त्री कार्की

संविधान अनुसार स्थानीय,प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन्छ : सञ्चारमन्त्री कार्की

  • माघ १२, २०७८ बुधवार १६:२४ बजे
  • 622
    SHARES
  • संविधान अनुसार स्थानीय,प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन्छ : सञ्चारमन्त्री कार्की

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय, प्रदेश  र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरिने बताएका छन् ।

    मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले निर्वाचन समयमा र संविधानको व्यवस्था अनुरूप हुने बताएका हुन् ।

    ‘हामी मुलुकको आन्तरिक एकतालाई मजबुद बनाएर अघि बढ्न चाहन्छौँ, मन्त्री कार्कीले भने प्रमुख प्रतिपक्षी दलले लामो समयदेखि संसद् अवरुद्ध गरेको छ, यी सबै कुरा संसद्मै छलफल हुने जनतासँग सम्बन्धित विषय हुन् ।’ संसद्लाई प्रभावकारी बनाउने दायित्व सरकारको मात्र नभई प्रमुख प्रतिपक्षीको पनि भएको उनको भनाइ छ ।

    आवधिक निर्वाचनको सिद्धान्त र महत्वप्रति सरकार पूर्णरुपले जानकार रहेको पनि मन्त्री कार्कीले बताए ।  वर्तमान  सरकारले लोकतन्त्रका मूल्यमान्यता, मर्म र संविधानको भावनाअनुसार मुलुकलाई अगाडि बढाउने उनको भनाइ छ ।

    सिंहदरबारको अधिकार र सिंहदरवारले प्रदान गर्ने सेवा सुविधा स्थानीय तहमै पु¥याउने परिकल्पना संविधानले गरेको बताउँदै मन्त्री कार्कीले त्यो अधिकार र सेवालाई अझ प्रभावकारी बनाउने दिशामा यो सरकार रहेको जनाए । 

    उनले सरकारले संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको निर्वाचनको व्यवस्था गर्ने र निर्वाचन हुनेमा ढुक्क रहन पनि सबैलाई आग्रह गरे ।

    संविधान र कानुनमा रहेका अन्तरद्वन्द्वले केही दुविधा ल्याएकाले प्रधानमन्त्रीको उपस्थितिमा बसेको पाँच दलीय उच्चस्तरीय राजनीतिक सयन्त्रको बैठकमा कानुनविद्सँग पनि परामर्श भएको मन्त्री कार्कीले बताए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij