वेबटिभी खबर
काठमाडौं । स्याङ्जाको भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका एक हजार बढीलाई न्यानो कपडा वितरण गरेको छ ।
नगरपालिकाले पहिलो चरणमा नगरका ९ वटा वडामा रहेका ७५ वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता (रातो कार्ड) भएका नागरिकलाई न्यानो कपडा वितरण गरेको नगर प्रमुख छायाराम खनालले बताए । उनका अनुसार आइतबारबाट प्रत्येक वडाका टोल/टोलमै पुगेर फाइबरको सिरक उपलब्ध गराएको हाे ।
पहिलो चरणमा लक्षित एक हजार नागरिकलाई सिरक उपलब्ध गराउने र दोस्रो चरणमा ७० वर्षभन्दा माथिका झण्डै एकहजार ज्येष्ठ नागरिकलाई न्यानो कपडा उपलब्ध गराउने गरी बजेट विनियोजन गरिसकेको मेयर खनालले बताए ।
पहिलो चरणका लागि नगरपालिकाले उक्त कार्यक्रमको लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई जाडोको समस्या भोग्नु नपरोस भन्ने उद्देश्यका साथ यो कार्यक्रमअघि बढाइएको उनले बताए । ज्येष्ठ नागरिक काम गर्न नसक्ने हुँदाको अवस्थामा हेलामा नपरुन्, आदर सम्मान गर्ने बानीको विकास गर्न सकियोस् भन्ने सिकाउन ‘ज्येष्ठ नागरिक सम्मान’ अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij