Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

विद्यालयहरूलाई कारबाही गर्ने सरकारको चेतावनी

विद्यालयहरूलाई कारबाही गर्ने सरकारको चेतावनी

  • 1.4K
    SHARES
  • विद्यालयहरूलाई कारबाही गर्ने सरकारको चेतावनी

    काठमाडौं । काठमाडौं महानगरपालिले कोरोना भाइरसकाे महामारी बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको पाइएपछि कारबाहीको चेतावनी दिएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् । कोरोनाको तेस्रो लहर तीव्र रूपमा बढिरहेको भन्दै सरकारले गत २७ पुसदेखि सबै विद्यालय भौतिक उपस्थितिमा सञ्चालन नगरी वैकल्पिक माध्यमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो । 

    महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले जारी गरेको निर्देशनविपरीत सञ्चालन भएका विद्यालय तत्काल बन्द नगरे कारबाही गर्ने चेतावनी दिए । सुवेदीले भने, ‘महामारी नियन्त्रणका लागि सबैले साथ र सहयोग गर्नुपर्ने समय निर्देशनविपरीत शुल्क लिने बहानामा विद्यालय सञ्चालन गर्नु दण्डनीय छ ।’ 

    अहिले पनि सबै विद्यार्थीमा खोपको पहुँच पुगेको छैन । १२ वर्ष उमेर पुगेका विद्यार्थीले खोप लगाए पनि अझै धेरैले खोप लगाउन बाँकी छ । ‘महामारी बढिरहेको समय विद्यालय खोल्नु घातक छ, यो तत्काल रोक्नुपर्छ, अन्यथा कडा कारबाही हुन्छ’, सुवेदीले भने, ‘सरकारले भौतिक रूपमा मात्रै विद्यालय सञ्चालन नगर्न भनेको हो, यसअघिझैं अनलाइनका माध्यमबाट विद्यालय सञ्चालन गर्न सकिन्छ ।

    अहिले काठमाडौं उपत्यका महामारीको केन्द्र बनेको छ । महामारी नियन्त्रण गर्न भन्दै लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षासमेत स्थगन गरिसकेको अवस्था छ भने यातायातका साधनमा पनि जोर-बिजोर प्रणाली लागू गरिसकिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij