Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बाइडेनमाथि खनिए मस्क, अमेरिकी जनतालाई मूर्खजस्तो व्यवहार गरेको आरोप

बाइडेनमाथि खनिए मस्क, अमेरिकी जनतालाई मूर्खजस्तो व्यवहार गरेको आरोप

  • 610
    SHARES
  • बाइडेनमाथि खनिए मस्क, अमेरिकी जनतालाई मूर्खजस्तो व्यवहार गरेको आरोप

    न्युयोर्क । अमेरिकामा विद्युतीय सवारी साधनहरुको भविष्यबारे गरिएको एउटा पोस्टमा टेस्लाको नाम छुटाएपछि अमरिकी अर्बपति तथा विद्युतीय गाडी निर्माण कम्पनी टेस्लाका मालिक एलन मस्कले अमेरिकी राष्ट्रपति जोन बाइडेनको कडा आलोचना गरेका छन् ।  एउटा ट्विटर पोस्टमा राष्ट्रपतिले विद्युती सवारी निर्माता टेस्लाको नाम उल्लेख नगरेपछि मस्क उनीसँग रिसाएका हुन् । ‘जीएम र फोर्ड जस्ता कम्पनीले स्वदेशमा यसअघि भन्दा धेरै विद्युतीय सवारी निर्माण गरिरहेका छन्,’ बाइडेनले भनेका थिए । 

    images

    अमेरिकामा भविष्यमा विद्युतीय गाडीबारे बाइडेनको ट्विटलाई जबाफ दिने क्रममा मस्कले टेस्ला अक्षरलाई क्यापिटल लेटरमा लेखेका छन् । अर्को एउटा ट्विटमा मस्कले लेखेका छन्, ‘बाइडेन मानवको रुपमा एउटा कठपुतली हुन् ।’ मस्कले यो पनि भनेका छन्, ‘बाइडेनले अमेरिकी जनतालाई मूर्खजस्तो व्यवहार गरेका छन् । 

    आफ्ना प्रतिद्वन्द्वी कार कम्पनी जनरल मोटर्स र फोर्ड मोटर्सका कार्यकारीलाई बाइडेनले भेटेपछि मस्कका भनाई आएका हुन् । बाइडेन प्रशासनको बिल्ड ब्याक बेटर विद्येयकमा छलफल गर्न यसअघि राष्ट्रपति बाइडेनले जनरल मोटर्स र फोर्डका सीइओहरुलाई राष्ट्रपति निवास ह्वाइटहाउसमा बोलाएका थिए । 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology