Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कर्णालीका मुख्यमन्त्री शाहीले तत्काल राजीनामा नदिने, समर्थन जुटाउन वैशाख चारसम्मको समयसीमा

कर्णालीका मुख्यमन्त्री शाहीले तत्काल राजीनामा नदिने, समर्थन जुटाउन वैशाख चारसम्मको समयसीमा

  • चैत्र २४, २०७७ मंगलवार १८:०४ बजे
  • 932
    SHARES
  • कर्णालीका मुख्यमन्त्री शाहीले तत्काल राजीनामा नदिने, समर्थन जुटाउन वैशाख चारसम्मको समयसीमा

    काठमाडौं । कर्णलीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारबाट राजनीनामा नदिने अडान राखेका छन् । नेकपा एमालेका सांसदहरूले सरकारलाई दिएको समर्थन फिर्ता निर्णय गरेपछि सरकार अल्पमतमा परेपछि पनि मुख्यमन्त्री शाही भने सरकारबाट राजीनामा नदिने पक्षमा देखिएका छन् ।

    एमाले सांसदसँग विश्वासको मत मागेर यही सरकार यथावत राख्ने पक्षमा शाही देखिएका छन् । एमाले कर्णली प्रदेशसभाको संसदीय दलको बैठकमा उपस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षीय सांसदहरूले गत ४ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेका थिए । 

    वरिष्ठ नेता माधवकुमार नेपालपक्षका आठ जना सांसद बैठकमा उपस्थित नभएपछि ती सांसदले शाहीलाई नै मुख्यमन्त्रीमा यथावत राख्ने सन्देश दिएको शाहीको बुझाइ छ ।  तर सोमबार (हिजो) बसेको एमाले कर्णली प्रदेशसभाको संसदीय दलको बैठकमा उपस्थित ओली र नेपाल दुवै पक्षका सांसदले शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै शाही धराशाही अवस्थामा पुगेको छ ।

    सोही बमोजिम आजै तीनजना मन्त्रीहरूले शाही नेतृत्वको सरकारबाट राजीनामा दिइसकेका छन् ।  राजीनामा दिनेमा सामाजिक विकास मन्त्री दल रावल, अर्थमन्त्री प्रकाश ज्वाला र वनमन्त्री नन्दसिंह बुढा रहेका छन् ।

    कर्णालीमा ४० सांसदमध्ये एमालेबाट मात्रै २० जना छन् भने एक जना सभामुख रहेका छन् । यीमध्ये सबै सांसदको समर्थन गुमेपछि शाही नेतृत्वको सरकार कमजोर अवस्थामा पुगेको छ । 

    संविधानअनुसार बहुमत सांसदले समर्थन फिर्ता लिएको एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । कमजोर अवस्थामा पुगे पनि शाहीले मुख्यमन्त्री पदबाट तत्काल राजीनामा नदिने र विश्वासको मत लिने अडान राखेका हुन् । संविधानले तोकेको समयसीमा अनुसार वैशाख चार गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्छ ।

    अबको ११ दिनभित्र संसदमा आफू नेतृत्वको सरकारका पक्षमा विश्वासको मत लिन नसके संविधानतः कर्णाली प्रदेश सरकार स्वतः ढल्ने छ । शाहीलाई  बहुमत जुटाउन २० जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा नेकपा माओवादी केन्द्रका सांसद १२ जना छन् भने नेपाली कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

    एमालेबाहेक सबै दलका सांसदबाट समर्थन लिए पनि उनको सरकारलाई बहुमत पुग्दैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij