वेबटिभी खबर
काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरू भएको छ । शनिबार बिहान बसेको गठबन्धनको बैठक निष्कर्ष बिहीन भएपछि आजै ४ बजेका लागि पुनः बैठक बोलाईएको हाे । बैठक ४ बजेलाई बोलाईएपनि करिब ५ बजेमात्र बसेको छ । बैठक सुरू भएकाे प्रधानमन्त्रीकाे निजी सचिवालयले जानकारी दिएकाे छ ।
स्थानीय तहको निर्वाचन मितिमा सहमति जुटाउन गठबन्धनको बैठक बसेको हो । यही विषयको टुङ्गो लगाउन आज विहान बैठक बसेपनि सहमति भने जुट्न सकेकाे थिएन ।
निर्वाचन आयोगले बारम्बार सूचना जारी गरेर स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आग्रह गरेपछि यतिबेला गठबन्धन सरकार दबावमा रहेको छ ।
बिहानको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव राखेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij