Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

रकम अभावका कारण कोरोना परिक्षण प्रयोगशाला बन्द

रकम अभावका कारण कोरोना परिक्षण प्रयोगशाला बन्द

  • 511
    SHARES
  • रकम अभावका कारण कोरोना परिक्षण प्रयोगशाला बन्द

    तम्घास । गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ । सञ्चालनका लागि रकम अभाव भएपछि ४ महिनादेखि प्रयोगशाला बन्द भएको हो ।

    कोरोना माहामारीको सुरुआतमा नै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला सञ्चालन गरेका थिए । खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डा.उत्तम पच्याले जानकारी दिए ।

    विसं २०७७ असोज ७ गतेदेखि सुरु गरिएको प्रयोगशाला एक वर्षमात्रै सञ्चालन भयो । उक्त अवधिमा ७१ लाख खर्च भएको थियो । संघीय सरकारले १५ लाख तथा जिल्लाका स्थानीय तहले ५६ लाख प्रदान गरेका थिए । प्रयोगशालाको भौतिक र प्राविधिक व्यवस्थापनमा १ करोड ९७ हजार खर्च भएको अस्पतालले जनाएको छ ।

    प्रयोगशाला बन्द भएसँगै स्वाब भैरहवा पठाउनुपर्ने र रिपोर्ट ढिला आउने हुँदा जिल्लामा पिसिआर परीक्षण गर्न सकिएको छैन । कोभिड-१९ का सम्भावित बिरामीको जिल्ला अस्पतालमै एन्टिजेन परीक्षण गरिँदै आएको छ । ४० लाख जुटाउनसके प्रयागशाला नियमितरुपमा प्रयोगमा ल्याउन सकिने अस्पतालले बताए छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij