Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एक सय पाँच अंकले बढ्यो नेप्से, सबै परिसूचक हरियाली

एक सय पाँच अंकले बढ्यो नेप्से, सबै परिसूचक हरियाली

  • 685
    SHARES
  • एक सय पाँच अंकले बढ्यो नेप्से, सबै परिसूचक हरियाली

    काठमाडौं । साताको पहिलो दिन शेयर बजार एक सय पाँच अंकले बढेको छ । नेप्सेका सबै परिसूचक हरियाली छाएको छ ।

    आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५ दशमलव ५५ अंकले बढेर २८ सय ८५ बिन्दुमा पुगेको छ । नेप्सेमा ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बैंकिङ, ट्रेडिङ, विकास बैंक, इन्भेस्टमेन्ट, हाइड्रोपावरलगायत सबै सूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी विकास बैंकको सूचक ६ दशमलव ५६ अंकले बढेको छ ।

    आइतबार सबैभन्दा बढी निफ्रा जलविद्युत १० अंकले बढेको छ । आइतबार एक करोड २१ लाखभन्दा बढी शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाखभन्दा बढीको कारोबार भएको छ ।

    सरकारले स्थानीय तहको निर्वाचन जेठमै गर्ने तयारी गरेसँगै शेयर बजारमा सुधार देखिएको विश्लेषकहरूले बताएका छन् ।
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij