Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अफगानिस्तानमा ६ महिनापछि खुल्दै  विद्यालय 

अफगानिस्तानमा ६ महिनापछि खुल्दै  विद्यालय 

  • 540
    SHARES
  • अफगानिस्तानमा ६ महिनापछि खुल्दै  विद्यालय 

    एजेन्सी । अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि बन्द भएका अफगानिस्तानका सार्वजनिक विद्यालय फेब्रुवरीदेखि फेरि खुल्ने भएका छन् ।

    तालिवानका कार्यवहाक शिक्षामन्त्री शाइख अब्दुल बाकी हक्कानीले सो जानाकारी दिएका हुन् । तर, छात्रालाई पढ्न अनुमति दिने नदिने विषयमा भने उनले केही खुलाएका छैनन् । यसअघि तालिवानले तालिवानले छात्राहरुलाई अलग्गै पढाउन सकिने बताएको थियो ।

    गर्मी प्रान्तका विश्वविद्यालयहरु २ फेब्रुवरीबाट खुल्ने र अन्य प्रान्तमा २६ फेब्रुवरीदेखि मात्रै सञ्चालन गरिने उनले बताए ।

    यसअघि अहिलेसम्म तालिवान सरकारले देशका अधिकांश भागमा पुनः सञ्चालन गरेका माध्यामिक विद्यालयमा छात्रहरुका लागि मात्र अनुमति दिइएको छ । केही निजी विश्वविद्यालय पुनः खुलेका छन् । तर, अधिकांश छात्रा पढ्न गएका छैनन् ।

    तालिवानले विदेशी अनुदान खोजिरहेकै बेला पश्चिमा सरकारहरुले अफगानिस्तानमा छात्रा शिक्षालाई जोड दिँदै आएका छन् । तालिवानले १५ अगस्टमा अफगानिस्तानको सत्तापलट गरेको थियो । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij