Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

  • 625
    SHARES
  • जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

    झापा । जङ्गली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका-१३ का एक वृद्धको सोमबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    बिहान ३ बजे घरको बरण्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उनी गम्भीर घाइते भएका थिए ।

    घाइते कार्कीको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

    कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ । पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउन गएका ६३ वर्षीय गणेशबहादुर अधिकारीलाई जङ्गली हात्तीले मारेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij