Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाएनन् तोकिएको सेवासुविधा

इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाएनन् तोकिएको सेवासुविधा

  • 799
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाएनन् तोकिएको सेवासुविधा

    काठमाडौं । बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकाले विद्यालय सहयोगीलाई संघीय सरकारले तोके बमोजिमको पुरा तलब दिएको छैन । पालिकाले संघीय सरकारले निर्धारण गरेबमोजिम गत साउन महिनाबाट मासिक १५ हजार रूपैयाँ दिनुपर्ने भएपनि १३ हजार ५०० रूपैयाँ मात्र उपलब्ध गराएको छ ।

    पालिकाले प्रारम्भिक बाल विकास सहजकर्ता (इसीडी शिक्षक) र सहायक लेखापलाई भने संघीय सरकारले तोकेको न्युनतम तलब दिएको छ । पालिका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलका अनुसार इसीडी शिक्षकलाई मासिक १५ हजार रूपैयाँ उपलब्ध गराइएको छ भने लेखापाललाई मासिक २० हजार ५०० रूपैयाँ उपलब्ध गराइएको छ ।

    विद्यालय सहयोगीलाई संघीय सरकारले पठाएको रकममा पालिकाले ५ हजार ५०० रूपैयाँ थप गरेर मासिक १३ हजार ५०० रूपैयाँ दिइएको शाखा प्रमुख पोखरेलले बताए । पालिकाभित्रका सामुदायिक विद्यालयमा ८८ जना इसीडी शिक्षक, २४ जना सहायक लेखापाल र ८१ जना विद्यालय सहयोगी कार्यरत रहेको उनले बताए ।

    पालिको विद्यालय सहयोगीलाई पनि गत मंसिर महिनादेखि मासिक १५ हजार रूपैयाँका दरले तलब उपलब्ध गराउने निर्णय गरेपनि रकम अभावका कारण दिन नसकेको उनले बताए । आगामी वर्षबाट उनीहरूलाई मंसिरबाट लागू हुनेगरीले तलब उपलब्ध गराउने उनले बताए ।

    न्युनतम तलब पुर्याउन संघीय सरकारले पठाएको पैसामा स्थानीय तहले आवश्यक रकम थप गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूलाई न्युनतम तलब उपलब्ध गराउनुपर्ने भएपनि अधिकांश स्थानीय तहले दिएका छैनन् । संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट मार्फत इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउने घोषणा गरेको थियो ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij