Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बाबुराम र भीम रावलबीच चर्काचर्की, कारण एमसीसी 

बाबुराम र भीम रावलबीच चर्काचर्की, कारण एमसीसी 

  • 733
    SHARES
  • बाबुराम र भीम रावलबीच चर्काचर्की, कारण एमसीसी 

    काठमाडाैं । ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न नेकपा एमालेका नेता डा.भीम रावललाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चुनौती दिएका छन् ।

    brss.JPG

    एमसीसी पास नगर्न भन्दै नेता रावलले सांसदहरूलाई लेखेको स्मृतिपत्रमा भनिएको छ,‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, बाबुराम (तत्कालीन प्रधानमन्त्री डा.भट्टराई) ले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो । वास्तवमा प्रतिनिधिसभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ ।’

    गाउँ-गाउँमा एमसीसीबारे चासो, डा.भट्टराईले के भने ? गाउँ-गाउँमा एमसीसीबारे चासो, डा.भट्टराईले के भने ?

    यस्तो आरोप लागेपछि हाल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.भट्टराईले त्यसको स्रोत, मिति र स्थान खुलाउन नेता रावललाई चुनौती दिएका हुन् ।

    एमसीसीबारे डा.भट्टराई र नारायणकाजीबीच दोहोरी एमसीसीबारे डा.भट्टराई र नारायणकाजीबीच दोहोरी

    ‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि ‘डा.’ पनि झुन्ड्याउँछन् ! विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोतर मितिरस्थान खुलाउनुपर्छ’, डा.भट्टराईले सोमबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत टिप्पणी गरेका छन्, ‘उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ’ 

    एमसीसीविरुद्ध रावल एमसीसीविरुद्ध रावल

    एमसीसी कम्युनिस्टका लागि घाँटीको हाड नबनोस् : डा.भट्टराई एमसीसी कम्युनिस्टका लागि घाँटीको हाड नबनोस् : डा.भट्टराई

    रावलकाे स्मृति-पत्र

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij