Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाए तलबसहित सेवासुविधा 

इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाए तलबसहित सेवासुविधा 

  • 2.0K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाए तलबसहित सेवासुविधा 

    काठमाडौं । बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई संघीय सरकारले तोकेको न्युनतम तलब उपलब्ध गराएको छ ।

    गाउँपालिकाकाे शिक्षा शाखाकाअनुसार पालिकाभित्रका सामुदायिक विद्यालयमा काम गर्ने इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । पालिकाभित्र ५१ जना इसीडी शिक्षक, ६२ जना विद्यालय सहयाेगी र १३ जना सहायक लेखापाल कार्यरत रहेको शिक्षा शाखाले जनाएको छ ।

    न्युनतम तलब पुर्याउन संघीय सरकारले पठाएको पैसामा स्थानीय तहले आवश्यक रकम थप गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउनु पर्ने भएपनि अधिकांश स्थानीय तहले दिएका छैनन् ।

    संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउने घोषणा गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij