Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

इसीडी शिक्षकको तलब ११ हजार पुर्‍याइने !

इसीडी शिक्षकको तलब ११ हजार पुर्‍याइने !

  • 1.3K
    SHARES
  • इसीडी शिक्षकको तलब ११ हजार पुर्‍याइने !

    काठमाडौं । कालीकोट जिल्लाको शुभ कालीका गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) को न्युनतम पारिश्रमिक ११ हजार पुर्‍याउने निर्णय गरेको छ ।

    आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् संघीय सरकारले इसीडी शिक्षक र विद्यालय कर्मचारीको मासिक न्युनतम तलब १५ हजार पुर्‍याउने निर्णय गरेकाे थियाे ।

    तर, शुभ कालिका गाउँपालिकाले आन्तरिक स्रोत कमजोर रहेको बताउँदै १५ हजार तलब दिन नसक्ने बताएकाे छ । 

    बुधबार गाउँपालिकाका शिक्षा शाखा अधिकृत नवराव आचार्यले वेबटिभी खबरलाई दिएकाे जानकारी अनुसार इसीडी शिक्षक र विद्यालय कर्मचारी (परिचर) काे मासिक पारिश्रमिक ११ हजार पुर्‍याने निर्णय भएको छ ।

    उनको भनाइमा लेखापालले भने हाल १५ हजार मासिक तलब पाएका छन् । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा ३३ जना इसीडी शिक्षक र विद्यालय कर्मचारी कार्यरत छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij