Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

विद्यालय सहयोगीलाई ९ हजार र इसीडी शिक्षकलाई १२ हजार मात्रै दिन्छ काठेखोला गाउँपालिका

विद्यालय सहयोगीलाई ९ हजार र इसीडी शिक्षकलाई १२ हजार मात्रै दिन्छ काठेखोला गाउँपालिका

  • 790
    SHARES
  • विद्यालय सहयोगीलाई ९ हजार र इसीडी शिक्षकलाई १२ हजार मात्रै दिन्छ काठेखोला गाउँपालिका

    काठमाडौं । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकाले विद्यालय कर्मचारी (परिचर) र प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) लाई संघीय सरकारले तोकेको न्युनतम तलब दिएको छैन । पालिको इसीडी शिक्षकलाई मासिक १२ हजार रूपैयाँ र सहयोगीलाई तह अनुसार फरक-फरक तलब दिने गरेको छ ।

    पालिका शिक्षा शाखा अधिकृत रमा उचैका अनुसार पालिकाले प्रथमिक तहका विद्यालय कार्यरत सहयोगीलाई मासिक ९ हजार रूपैयाँ उपलब्ध गराएको छ । त्यस्तै निम्न माध्यमिक तहका सहयोगीलाई १० हजार रुपैयाँ र माध्यमिक तहका विद्यालय कर्मचारीलाई मासिक १२ हजार रूपैयाँ उपलब्ध गराएको अधिकृत उचैले बताइन् ।

    उनका अनुसार पालिकाभित्रका सामुदायिक विद्यालयमा ४२ जना इसीडी शिक्षक, २७ जना प्रावि तहका, १३ जना निमावि तहका र १० जना माध्यमिक तहका विद्यालय सहयोगी कार्यरत रहेका छन् ।

    त्यस्तै १० जना सहायक लेखापाल रहेको उनले बताइन् । लेखापाललाई भने पालिकाले मासिक १८ हजार ५०० रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको उनले बताइन् । विद्यालय सहयोगी र इसीडी शिक्षकलाई बजेट अभावका कारण संघीय सरकारले तोके बमोजिमको न्यूनतम तलब पुर्याउन नसकिएको उनले बताइन् ।

    न्युनतम तलब पुर्‍याउन संघीय सरकारले पठाएको पैसामा स्थानीय तहले आवश्यक रकम थप गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउनुपर्ने भएपनि अधिकांश स्थानीय तहले दिएका छैनन् । संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत् इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउने घोषणा गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij