Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

ज्येष्ठ पत्रकारलाई पेन्सन र दुर्घटना बीमा

ज्येष्ठ पत्रकारलाई पेन्सन र दुर्घटना बीमा

  • 498
    SHARES
  • ज्येष्ठ पत्रकारलाई पेन्सन र दुर्घटना बीमा

    वागम्ती । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौँडा उप-महानगरपालिकाले ५ लाख सहयोग गरेको छ । महासंघ मकवानपुर शाखाले विगतको वर्षबाट सञ्चालनमा ल्याएको पेन्सन कोषमा थप ५ लाख सहयोग गरिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

    महासंघले २० वर्ष काम गरेका र ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि पेन्सन दिन सञ्चालनमा ल्याएको कोषमा थौरै भए पनि सहयोग पुगोस् भनेर सहयोग हस्तान्तरण गरिएको प्रमुख महतले बताए । नेपालमा पहिलो पटक पत्रकार महासंघ मकवानपुर शाखाले एक वर्ष अगाडि कोष स्थापना गरेर मासिक ४ हजार ज्येष्ठ पत्रकार नवराज शर्मालाई पेन्सन दिँदै आएको जनाएको छ ।

    चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले कोषका लागि ५ लाख सहयोग गरेको शाखाका अध्यक्ष मणिराज गौतमले जानकारी दिए । शाखाका निर्वतमान अध्यक्ष तथा पेन्सनकोषका संयोजक हरि हुमागाईंले आफनो नेतृत्वमा महासंघले पेन्सन कोषको स्थापना भएको र त्यसलाई थप वृद्धि गर्दे लैजाने अभियानमा लागेको बताए ।

    उक्त शाखाले पेन्सन कोषसम्बन्धी कार्यविधि बनाएर साधारणसभाले पास गरेपछि पेन्सनकोष सभामा ल्याइएको उनले भने । पेन्सनकोषका लागि उपमहानगरपालिकाले अघिल्लो वर्षमा १० लाख सहयोग गरेको बताइएको छ ।

    यसअघि हेटौँडा उपमहानगरपालिकाले मकवानपुर जिल्लाका १६४ पत्रकारको ५ लाखको दरले दुर्घटना बीमा गरिसकेको छ । बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम १ लाख २२ हजार २७० महासंघलाई  प्रमुख महतले चेक हस्तान्तरण गरिसकेको बताइएको छ । गतवर्षदेखि उपमहानगर पालिकाले सो शाखाका सदस्यका लागि दुर्घटना बीमा गर्दे आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij