वेबटिभी खबर
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ६०५ नमुना परीक्षण गर्दा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या घटेर ६३ हजार २९६ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७२३ जना कोरोना संक्रमणमुक्त हुँदा १४ जना संक्रमितको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij