म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजा पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चिएका छन् ।
विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रकम उनले खर्चिएका हुन् ।
भारतीय सेनाका सेवानिबृत्त क्याप्टेनसमेत रहेका अध्यक्ष पुनले आफूलाई पेन्सनको पैसाले खर्च चल्ने भएकाले जनप्रतिनिधिको हैसियतले पाएको पारिश्रमिक जनतासँग गरेको प्रतिबद्धताअनुसार सामाजिक क्षेत्रमा लगाएको बताए ।
गण्डकी प्रदेश सरकारले गाउँपालिकाका अध्यक्षलाई विभिन्न शीर्षकमा मासिक ४८ हजार सुविधा तोकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij