Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भारतमा कोरोनाको दोस्रो लहरः एकैदिन १ लाख २६ हजार संक्रमित, ६ सयको मृत्यु 

भारतमा कोरोनाको दोस्रो लहरः एकैदिन १ लाख २६ हजार संक्रमित, ६ सयको मृत्यु 

  • चैत्र २६, २०७७ बिहिवार ११:४६ बजे
  • 650
    SHARES
  • भारतमा कोरोनाको दोस्रो लहरः एकैदिन १ लाख २६ हजार संक्रमित, ६ सयको मृत्यु 

    नयाँ दिल्ली । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट एक लाख २६ हजार सात सय ८९ संक्रमित भएको पुष्टि भएको छ । 

    यो अवधिमा करिब ६० हजार संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । एकै दिनमा मृत्यु हुनेको संख्या छ सय ८५ रहेको छ ।

    सरकारी तथ्यांकअनुसार भारतमा हालसम्म कोरोनाबाट एक लाख ६६ हजार आठ सय ६२ को मृत्यु भएको छ । देशमा कोरोनाका नौ लाख १० हजार सक्रिय संक्रमित रहेका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नौ करोड एक लाख ९८ हजारभन्दा बढी कोरोनाविरुद्धको खोप दिइसकिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # भारत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij