Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

हिमपात सुरुभएपछि वन्यजन्तु चोरी सिकारी बढ्दै

हिमपात सुरुभएपछि वन्यजन्तु चोरी सिकारी बढ्दै

  • 535
    SHARES
  • हिमपात सुरुभएपछि वन्यजन्तु चोरी सिकारी बढ्दै

    मार्तडी । जिल्लामा हिमपात सुरुभएपछि लेकाली भेगमा रहेका जङ्गली जनावरको चोरी सिकारी बढ्ने गरेकाे छ । हिमपातका कारण जङ्गली जनावर न्यानो खोज्दै बेँसीमा आउने गरेकाले स्थानीयवासी घरेलु हतियार (भाला छुरा) ले मारेर सिकार गर्न गरेका छन् ।

    लेकाली भेगमा रहेका हरिण, मृग, रतुवा, कालिज घोरललगायत जङ्गली जनावरको सहजै रुपमा उनीहरुले चोरी सिकारी गर्ने गरेका छन् । हिमपात भएपछि स्थानीयवासीले समूह बनाउँदै उनीहरुलाई पासोमा वा अन्य घरेलु हतियार प्रयोग गर्दै सिकार गर्ने गरेका हुन् ।

    यहाँका हिमाली गाउँपालिका, स्वामीकार्तिक, जगन्नाथ, गौमुल, बडिमालिका, त्रिवेणीलगायतका पालिकामा स्थानीयवासीले जङ्गली जनावरको चोरी सिकार गर्ने गरेका छन् । जङ्गली जनावरको छाला निकालेर बिक्री पनि गर्ने गरेको पाइन्छ ।

    सरकारले वन्यजन्तु सिकार गर्न नपाइने गरी कानुन बनाएको भएपछि हिमाली तथा पहाडी जिल्लाका स्थानीयवासीले लुकिछिपी जङ्गली जनावरको सिकार गर्ने गरेका छन् । हिमपात भएपछि जङ्गली जनावर घरमै बास खोज्दै आउने गरेकाले सिकार गर्न सहज हुने गरेको छ । जङ्गली जनावरको चोरी सिकारी रोक्नका लागि डिभिजन वन र प्रहरीको सुरक्षामा निगरानी आवश्यक रहेको बताइएको छ ।

    मार्तडी-कोल्टी सडक अवरुद्ध

    जिल्लाको पूर्वी उत्तरी भेगलाई जोड्ने मार्तडी-कोल्टी सडक अवरुद्ध बनेको छ । बिहीबार रातिबाट वर्षासँगै हिमपात हुन थालेपछि उक्त क्षेत्रमा चल्ने सवारीसाधन ठप्प भएका छन् ।

    पोरखे लेकमा बाक्लो हिमपात भएपछि सवारीसाधन आवजतजावत गर्न समस्या भएको हो । पूर्वी उत्तरी भेगमा हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्कन नसकेको नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष सङ्गीता तिमिल्सेनाले बताइन् ।

    उनकाअनुसार चार पालिकामा बाक्लो हिमपात भएको र चिसो बढेका कारण स्थानीयवासी घर बाहिर निस्कन सकेका छैन् । मार्तडी-कोल्टी सडकमा हिलाम्मे र हिमपातका कारण त्यहाँ चल्ने मालबहाक ट्याक्टर जीप मार्तडी र कोल्टीमा ठप्प भएका छन् ।

    पोरखे लेकमा बाक्लो हिमपात भएका कारण स्थानीयवासीलाई पैदलयात्रा गर्न समेत सकस भइरहेको छ । हिमपात हुन थालेपछि जिल्ला सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग सडकमासमेत सवारीसाधन सञ्चालन हुनसकेका छैनन् ।

    प्रदेश राजधानी धनगढी, महेन्द्रनगरबाट बाजुरा आउने लामो दूरीका सवारीसाधन हिमपातका कारण बीच बाटोमै रोकिएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij