वेबटिभी खबर
काठमाडौं । बाँके जिल्लाको कोहलपुर नगरपालिकाको शिक्षा विभागले विश्वभर फैलिएको कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै आइतबार (माघ २३) परेको सरस्वती पूजा घरमै गर्न आग्रह गरेको छ ।
पालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पालिकाको शिक्षा विभागअन्तर्गत समितिको बैठकले शुक्रबार सो निर्णयले गरेको हो ।
विभागले घरमै बसेर भीडभाडरहीत ढंगबाट सरस्वती पूजा गर्न पालिकाअन्तर्गतका सबै विद्यार्थी तथा शिक्षकहरूलाई आग्रह गरेको छ ।
केही विद्यालयहरूले भौतिकरूपमै कक्षा सञ्चालन गरेको गुनासो आएको बताउँदै विभागले आगामी माघमसान्तसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ ।
अर्को सूचना जारी नगर्दासम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न पनि विभागले निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन गरेको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij