Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

दश शय्याको आधारभूत अस्पताल निर्माण सुरु

दश शय्याको आधारभूत अस्पताल निर्माण सुरु

  • 659
    SHARES
  • दश शय्याको आधारभूत अस्पताल निर्माण सुरु

    गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ । संघीय सरकारको देशका सबै पालिकामा १५, १० र ५ शय्याको पालिका अस्पताल निर्माण गर्ने नीतिअनुसार अस्पताल निर्माण गर्न लागिएको हो ।

    गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले निसीखोला-४ झिम्पामा अस्पतालको नयाँ भवन बनाउन सुरु भएको जानकारी दिएका छन् । हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले ८ करोड २४ लाखमा आगामी २०८० पुसमा सम्पन्न गर्ने गरी भवन बनाउन ठेक्का सम्झौता गरेको छ ।

    भवन निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ सेवा प्रदान गर्ने हुने अपेक्षा गाउँपालिकाले लिएको छ । भवन बनाउन गाउँपालिकाले केही समय अगाडि नै ८ रोपनी निःशुल्क जग्गा प्राप्त गरेको थियो ।अस्पताल बनाउन ७ रोपनी २ आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ ।

    स्थानीयवासीले भवन बनाउन जग्गा प्रदान गरेपछि गाउँपालिकाले गत वर्ष नै अस्पतालको शिलान्यास गरेको थियो । गत वर्ष शिलान्यास भएको अस्पतालको निर्माण कार्य अहिले सुरु भएको हो ।

    अस्पताल विशेष गरी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्नेछ । विशेषज्ञसहित स्वास्थ्य सेवा सुरु हुन थालेपछि निसीखोलाका  नागरिकलाई स्वास्थ्य उपचारमा सहजता हुने गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij