Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विद्यालय सहयोगीलाई १० हजार तलब दिइयो 

विद्यालय सहयोगीलाई १० हजार तलब दिइयो 

  • 1.4K
    SHARES
  • विद्यालय सहयोगीलाई १० हजार तलब दिइयो 

    काठमाडौं । संघीय सरकारले गत साउन महिनाबाट प्रारम्भिक बालविकास सहकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) लाई न्युनतम तलब (मासिक १५ हजार) उपलब्ध गराउन देशभरका स्थानीय तहलाई निर्देशन दिएको थियो ।

    काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाले इसीडी शिक्षक र लेखापाललाई न्युनतम तलब उपलब्ध गराएपनि विद्यालय सहयोगीलाई भने दिएको छैन । 

    पालिकाले इसीडी शिक्षकलाई मासिक १५ हजार रूपैयाँ र लेखापाललाई १५ हजार ५०० रूपैयाँ दिँदा विद्यालय सहयोगीलाई भने १० हजार रूपैयाँ मात्र दिइएको छ । 

    नगरपालिकाको शिक्षा शाखा प्रमुख दिनानाथ पन्थीले बजेट व्यवस्थापन हुन नसक्दा सहयोगीलाई न्युनतम तलब दिन नसकिएको बताए । 

    उनका अनुसार पालिकाले आगामी फागुन महिनाबाट विद्यालय सहयोगीलाई पनि मासिक १५ हजार रूपैयाँ दिनेगरी छलफल चलाएको छ तर निर्णय भने भएको छैन ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij