वेबटिभी खबर
काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार दोहोरो अंकले घटेको बजारमा आज परिसूचक १५.७१ अंकले बढेर २ हजार ८ सय ५१ दशमलव ८८ बिन्दुमा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०५ अंकले बढेर ५३५.३२ मा पुगेको छ ।
नेप्से उकालो लागेपनि यसदिन कारोबार रकम भने खासै बढेको छैन । कूल २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ मूल्यमा खरिद बिक्री भएको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब ३० अर्ब ७५ करोड ९६ लाख ६० हजार बराबर पुगेको छ ।
नेप्सेकाअनुसार कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ । यस्तै, १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ३.७८, होटल तथा पर्यटन ४.२७ र लघुवित्त ४.३९ अंकले ओरालो लागेको छ । त्यस्तै, व्यापार ७.५१, विकास बैंक २६.१५, जलविद्युत् ६.९१, वित्त ८.९२, निर्जीवन बीमा ७६.५, उत्पादन ३४.८७, अन्य ५४.१२, जीवन बीमा १२४.९६, सामूिहक लगानी कोष ०.०५ र लगानी २.९२ अंकले उकालो लागेको छ ।
आज कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको ४९ करोड ३४ लाख ४९ हजार ८३९ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर २७ करोड ६६ लाख २५ हजार २९५, अरुण भ्याली हाइड्रोपावर २५ करोड १६ लाख ६४ हजार ७३२, नेपाल दूरसञ्चार कम्पनी २४ करोड ४८ लाख ५० हजार ८३१ र नेपाल लाइफ इन्स्योरेन्स २३ करोड ३० लाख १२ हजार ४०३ बराबरको कारोबार भएको छ ।
नेपाल पूर्वाधार बैंक ८.४२, छ्याङदी हाइड्रोपावर ६.८३, सानिमा लाइफ इन्स्योरेन्स ५.०४, नेशनल हाइड्रोपावर ४.६६, र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ४.६१ प्रतिशतले कमाएका छन् । उता, बुद्ध भूमि नेपाल हाइड्रोपावर ४.५७, सपोर्ट माइक्रोफाइनान्स ३.७१, साहस ऊर्जा २.६४, विन नेपाल लघुवित्त २.४६ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २.३९ प्रतिशतले गुमाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij