Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

रिङरोडमा साइकल लेन बनाउन ललितपुर महानगरपालिकाले टेण्डर खुलायो

रिङरोडमा साइकल लेन बनाउन ललितपुर महानगरपालिकाले टेण्डर खुलायो

  • 459
    SHARES
  • रिङरोडमा साइकल लेन बनाउन ललितपुर महानगरपालिकाले टेण्डर खुलायो

    काठमाडौं । ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेण्डर आह्वन गरेको छ । महानगरपालिकाले सोमबार आह्वन गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रस्ताव माग गरेको हो । महानगरपालिकाले न्युनतम एक करोड ९४ लाख २८ हजार एक सय ३४ रुपैयाँमा टेण्डर आह्वान गरेको हो ।

    यस्तै, सोही टेण्डर सूचनामा महानगरपालिकामा यसअघि नै भएका साइकल लेनमा पुनः रंग लगाउन पनि टेण्डर आह्वन गरेको छ । सूचनाअनुसार ४९ लाख ३३ हजार सात सय आठ रुपैयाँमा महानगरभित्रका पहिला नै साइकल लेन बनिसकेको स्थानमा पुनः मर्मत गर्नुपर्नेछ ।   

    259742129_384950329966163_7896055588247653025_n.jpg.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij