Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भारतमा दैनिक संक्रमितको संख्यामा सामान्य वृद्धि, सक्रिय संक्रमित निरन्तर घट्दै 

भारतमा दैनिक संक्रमितको संख्यामा सामान्य वृद्धि, सक्रिय संक्रमित निरन्तर घट्दै 

  • 525
    SHARES
  • भारतमा दैनिक संक्रमितको संख्यामा सामान्य वृद्धि, सक्रिय संक्रमित निरन्तर घट्दै 

    नयाँ दिल्ली । ओमिक्रोन भेरियन्टले फैलाएको कोरोना संक्रमणको आतंक भारतमा क्रमशः कमजोर हुँदै गएको छ । भारतमा दुई दिनयता दैनिक संक्रमित ७० हजारभन्दा कम पाइएका छन् ।

    भारतमा मंगलबार रातिसम्म गरिएको परीक्षण नतिजाअनुसार ६९ हजार ५४४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । केही दिनयता लगातार संक्रमितको संख्या घटे पनि सोमबारको तुलनामा भने यो संख्या करिब दुई हजार बढी हो । 

    त्यसैगरी यो अवधिमा एक लाख ७२ हजार जना संक्रमणमुक्त भएका छन् । संक्रमित थपिनेभन्दा निको हुने बढी हुँदै गएपछि अहिले भारतमा उपचाररत रहेका संक्रमितको संख्या निकै कम भएको छ । हाल भारतमा ८ लाख ८३ हजार सक्रिय संक्रमित रहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    भारतमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या भने स्थिर छ । मंगलबार एक हजार २१५ जनाको संक्रमणका कारण निधन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij