Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

६ दल र दुई मोर्चाले एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन गर्ने 

६ दल र दुई मोर्चाले एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन गर्ने 

  • 675
    SHARES
  • ६ दल र दुई मोर्चाले एमसीसीविरुद्ध राजधानीमा प्रदर्शन गर्ने 

    सांकेतिक तस्वीर

    काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले बुधबार काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएका छन् ।

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो १२ बजे प्रदर्शन गर्ने भएका हुन् ।

    नेताहरूका अनुसार माइतीघरबाट सुरु हुने प्रदर्शन संसद भवन नयाँबानेश्वरसम्म पुग्नेछ । यसबाहेक आजै देशभर प्रर्दशनको पूर्वनिर्धारित कार्यक्रम पनि छ । सरकारले एमसिसी संसद्‍बाट अनुमोदन गराउने तयारी थालेपछि ६ दल र दुई मोर्चा विरोधमा उत्रिएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij