वेबटिभी खबर
काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ ।
बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने वेबटिभी खबरलाई जानकारी दिए ।
स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । बोर्डले परीक्षा तालिका सार्वजनिक गर्दै बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ ।
तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij