वेबटिभी खबर
सांकेतिक तस्बिर
काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) हरूले संघीय सरकारले निर्धारण गरेको तलब उपलब्ध गराउन माग गरेका छन् ।
महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत इसीडी शिक्षकहरूले आफूहरूलाई संघीय सरकारले तलब दिनुपर्ने माग राखेका छन् ।
संघ सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत् इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूलाई मासिक १५ हजार रूपैयाँ दिने घोषणा गरेकाले स्थानीय सरकारले सोही अनुसार तलब दिनुपर्ने उनीहरूको माग रहेको छ ।
[टिप्पणी] हाम्रो अधिकारको सुनिश्चितता खोइ ?
आफूहरूलाई गतसाउन महिनाबाट मासिक १५ हजार रूपैयाँ पाउनुपर्ने भएपनि पालिकाले उक्त रकम नदिएको उनीहरूका गुनासो छ ।
तलबको विषययमा नगरपालिकामा पटक/पटक छलफल गर्दा पनि कुनै निकास नआएपछि इसीडी शिक्षकरूले जिल्ला प्रशासन कार्यालय महोत्तरी, मधेश प्रदेशका मुख्य मन्त्री तथा मन्त्रिपरिषद, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपति कार्यालयले न्युनतम पारिश्रमिक दिने व्यवस्था मिलाइदिन आग्रह गर्दै पत्र लेखेका छन् ।
नगरपालिकाले संघीय सरकारले निर्धारण गरेको तलब दिने मनसाय नदेखाएपछि सम्बन्धित अन्य निकायलाई पत्र लेखिएको उनीहरूले जानाएका छन् । गत साउनदेखि नै निर्धारण गरिएको तलब पाउनुपर्ने उनीहरूकोमा माग छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij