Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भोलीबाट पशुपतिनाथ मन्दिर दर्शनका लागि खुल्ने

भोलीबाट पशुपतिनाथ मन्दिर दर्शनका लागि खुल्ने

  • 717
    SHARES
  • भोलीबाट पशुपतिनाथ मन्दिर दर्शनका लागि खुल्ने

    काठमाडौं । पशुपतिनाथ मन्दिर शुक्रबार (भोली) बाट खुल्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गर्दै भोलीबाट भक्तजनका लागि मन्दिर खुल्ला गरिने बताएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०७८/१०/२३ मा जारी आदेशअनुसार मन्दिर खुला गर्ने निर्णय गरिएको कोषले बताएको हाे । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्चलगायत स्थलहरुमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने उक्त पत्रमा उल्लेख छ ।

    ‘आम दर्शनार्थी एवं भक्तजनहरुको गुनासोलाई समेत मध्येनजर राखी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी पशुपतिनाथको मन्दिर भक्तजनहरुको दर्शनका लागि मिति २०७८/१०/२८ गते शुक्रवारका दिनदेखि खुला गरिने व्यहोरा सबैलाई जानकारी गराइएको छ, जारी सूचनामा कोषले भनेको छ ।

    pasupati.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij