Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

दर्ता गरेर सञ्चालन र नविकरण नगर्ने १९ उद्योग खारेज

दर्ता गरेर सञ्चालन र नविकरण नगर्ने १९ उद्योग खारेज

  • 462
    SHARES
  • दर्ता गरेर सञ्चालन  र नविकरण नगर्ने १९ उद्योग खारेज

    लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङले १९ घरेलु उद्योग खारेज गरेको छ । कार्यालयले यस क्षेत्रमा दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीरकण नगर्ने उद्योग खोरज गरेको हो ।

    आर्थिक वर्ष २०७८/७९ का ६ महिना अवधिमा १९ उद्योग खारेज भएको कार्यालय प्रमुख मिता थापाले जानकारी दिए । उनकाअनुसार यस अवधिमा ५२१ वटा नयाँ उद्योग दर्ता भएको छ । त्यस्तै सोही अवधिमा १८८ घरेलु उद्योगको नविकरण भएको छ । आर्थिक वर्ष गत आवको सोही अवधिमा ९७० नयाँ उद्योग दर्ता र ३६९ उद्योग नवीकरण भएको थियो ।

    उक्त कार्यालयले अघिल्लो आव २०७६/७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ उद्योग नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ । आव २०७५/७६ मा ६ उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ ।

    उक्त आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नवीकरण भएको थियो । सो कार्यालयकाअनुसार आव २०७४/७५ मा १० वटा उद्योग खारेज गरिएको थियो । सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्यांकले देखाएको छ ।

    त्यस्तै आव २०७३/७४ मा ८ उद्योग खारेज भएका थिए । उक्त आवमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नवीकरण भएको थियो । त्यस्तै वाणिज्यतर्फ आव २०७८/७९ को साउनदेखि पुससम्म ५२ वटा वाणिज्य दर्ता खारेज भएको उक्त कार्यालयले जनाएको छ ।

    कार्यालयकाअनुसार यस अवधिमा ३१३ नयाँ दर्ता भएका छन् भने २८८ वाणिज्यको नवीकरण भएका छन् । त्यस्तै आव २०७७/७८ मा ६१ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । त्यस्तै ६४० नयाँ वाणिज्य दर्ता भएको र ५५८ वाणिज्यको नवीकरण भएको छ ।

    कार्यालयकाअनुसार आव २०७६/७७ मा २५ वटा वाणिज्य दर्ता खारेज भएको थियो । त्यस्तै ७६२ वटा नयाँ दर्ता र ३२० वटा नवीकरण भएको थियो । आव २०७५/७६ मा २३ वाणिज्य दर्ता खारेज भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij