Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

  • 499
    SHARES
  • रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

    रूस । रूसमा गएको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सो मन्त्रालयका अनुसार यहाँ बुधबार मात्र कम्तीमा पनि १ लाख ८३ हजार जना कोरोना संक्रमित भेटिएका बताइएको छ । 

    यहाँ गएको आइतबार मात्र पनि एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका थिए । त्यसपछिका केही दिन यहाँ संक्रमितहरू केही घटेकामा बुधबार आएर सबैभन्दा धेरै देखिएका छन् ।

    ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घण्टाभित्र देखिएकामा सबैभन्दा बढी हो । यहाँ अहिलेसम्म एक करोड ३३ लाख ३० हजार कोरोना भाइरसका संक्रमित देखिएका पनि बताइएको छ ।

    त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घण्टामा नै कम्तीमा पनि ६६९ जना संक्रमितको निधन भएको छ ।

    यो समेतगरी यहाँ अहिलेसम्म तीन लाख ३७ हजार ३९० जनाको ज्यान गएको छ । रूसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

    रूसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ । सरकारले सतर्कता अपनाएको छ तर संक्रमितहरू भने बढ्दो रूपमा रहेको पाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij