काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुससहित एकजना प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारकाअनुसार सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई ४० हजार अतिरिक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।
अख्तियारकाअनुसार यादवले इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ मागेका थिए । उक्त सूचना पाएपछि अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले उक्त रकमसहति नियन्त्रणमा लिएको हो ।
उनलाई सो रकम लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका-१४ स्थित नोबेल मेडिकल कलेजको गेट नजिकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij