Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको तलब उपलब्ध गराउने निर्णय

इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको तलब उपलब्ध गराउने निर्णय

  • 2.3K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तोकिएको तलब उपलब्ध गराउने निर्णय

    सांकेतिक तस्बिर

    काठमाडौं । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई संघीय सरकारले तोकेको न्युनतम पारिश्रमिक उपलब्ध गराएको छ । गाउँ कार्यापालिकाको बैठकले तलब उपलब्ध गराउने निर्णय गरेकाे हाे । 

    इसीडी शिक्षक र कर्मचारीलाई संघीय सरकारले आठ हजार रूपैयाँ उपलब्ध गराएको छ । सात हजार रूपैयाँ स्थानीय तहले थप गरी न्युनतम तलब १५ हजार रूपैयाँ पुर्याउनुपर्ने व्यवस्था छ । लेखापाललाई भने सरकारले १३ हजार पाँच सय उपलब्ध गराएकाे छ ।  

    पालिकाले आठ माविमा कार्यरत सहायक लेखापाल,  कार्यालय सहयोगी र इसीडि शिक्षकको तलब वृद्धि गरेको छ । कार्यबोझका आधारमा गत १ साउनदेखि लागू हुनेगरी तलब वृद्धि गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij