Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एमसीसीमा राष्ट्रिय सहमति आवश्यक छ : शिक्षामन्त्री पौडेल 

एमसीसीमा राष्ट्रिय सहमति आवश्यक छ : शिक्षामन्त्री पौडेल 

  • 793
    SHARES
  • एमसीसीमा राष्ट्रिय सहमति आवश्यक छ : शिक्षामन्त्री पौडेल 

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का  नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अमेरिकी सहयोग सम्झौता मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)मा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले  एमसीसीबारे सबै दलमा एकमतको धारणा नभएको बताए । उनले भने,‘एमसीसीबारे अहिलेसम्म संस्थागत निर्णय गरेर कुनैपनि पार्टीले एकमत बनाएका छैनन् । एमसीसीबारे राष्ट्रिय सहमति बनाउनुपर्छ । अहिले यो विषयमा छलफल चलिरहेको छ।’ 

    उनले सरकारले सार्वनिक शिक्षालाई सबैले ग्रहण गर्ने लक्ष्य लिएर सोहीअनुसार काम गरेको बताए । शैक्षिक सत्र लस नहुने गरी एसर्ईईको परीक्षा तालिका सार्वजनिक गरेको भन्दै मन्त्री पाैडेलले चुनावलगत्तै कक्षा १२ को परीक्षा हुने पनि उनले जानकारी दिए । 

    उनले भने,‘विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेका छौं । सरकारले खोपलाई अभियानको रुपमा अघि बढाएको छ ।’ विश्व स्वास्थ्य संगठनले सिफारिश गरेअनुसार ४ वर्षदेखि १२ वर्षसम्मका विद्यार्थीहरुलाई पनि छिट्टै खोप लगाउने उनको भनाई छ ।

    त्यस्तै, उनले शिक्षक अस्पताल चितवनमा निर्माण हुने कुरा मन्त्रिपरिषद्बाट निर्णय भएको पिन बताए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij