वेबटिभी खबर
काठमाडौं । कोभिड-१९ को तेस्रो लहर ‘ओमिक्रोन’ को जोखिम बढेपछि बन्द भएका देशभरका विद्यालयमा आजबाट भौतिकरूपमै नै पठनपाठन सुरु भएको छ ।
माघको पहिलो सातामा सरकारले विद्यालय तथा कलेजमा करिब एक महिना भौतिकरूपमा पठनपाठन नगर्न नगराउन सूचीत गरेपछि शैक्षक संस्था बन्द रहेका थिए ।
विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले कोभिड-१९ स्वास्थ्य संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले सिफारिस गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij