वेबटिभी खबर
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका-१ खैरबाका युवा समाजसेवी राहुल पाण्डेले आफ्नो गाउँमा सामुदायिक भवन निर्माण गरेका छन् ।
२२ लाख लागतमा निर्माण सम्पन्न उक्त भवनबाट अब स्थानीय गरिब, विपन्नका छोराछोरीका विवाहको भोजभतेर , भेला तथा गोष्ठी , छलफल तथा सामाजिक कामका लागि सहज हुने भएको छ ।
संघीय सांसद महन्थ ठाकुर, प्रदेश सभासदस्य अभिराम शर्मा र गाउँपालिका अध्यक्ष विक्रम चौधरीले समेत पिपरा गाउँपालिका-१ खैरबागाउँमा सामुदायिक भवन निर्माण गरिदिने प्रतिबद्धता जनाएका थिए ।
सो प्रतिवद्धता हालसम्म कार्यान्वयनमा नआएको स्थानीयवासीको गुनासो गरेका छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij