वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कूल १० हजार ११५ जनाको परीक्षण गर्दा ५२१ जनामा कोरोना पुष्टि भएको हो ।
आज ३ हजार ९३५ जना डिस्चार्ज हुँदा यो अवधिमा १० जनाको निधन भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij