Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सिन्धुपाल्चोकमा ई-पासपोर्ट वितरण सुरु

सिन्धुपाल्चोकमा ई-पासपोर्ट वितरण सुरु

  • 819
    SHARES
  • सिन्धुपाल्चोकमा ई-पासपोर्ट वितरण सुरु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा ई-पासपोर्ट (विद्युतीय राहदानी) वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आइतबारबाट ई-पासपोर्ट वितरण सुरु गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले सेवाग्राही सीता लघुलाई ई-पासपोर्ट हस्तान्तरण गर्दै सेवा थालिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोककाअनुसार गत पुस ९ गतेबाट सेवाका लागि आवेदन संकलन गरिएको थियो ।

    २८६ सेवाग्राहीले दिएको आवेदनमध्ये १३२ को ई-पासपोर्ट वितरणको क्रममा रहेको छ । आवेदन दिएको १५ दिनभित्र ई-पासपोर्ट वितरण हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij