Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

जबरालाई बोकेर चुनावमा जान सकिँदैन : घनश्याम भुसाल

जबरालाई बोकेर चुनावमा जान सकिँदैन : घनश्याम भुसाल

  • 575
    SHARES
  • जबरालाई बोकेर चुनावमा जान सकिँदैन : घनश्याम भुसाल

    काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका नेता घनश्याम भुसालले सर्वोच्च अदालतबाट निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई बोक्न नहुने बताएका छन् । सोमबार बसेको संसदीय दलको बैठकमा नेता भुसालले चनुाव दैलोमा आइपुगेको भन्दै प्रधानन्यायाधी जबरालाई बोकेर हिँड्न नसकिने बताएका हुन् ।

    बैठकमा नेता भुसालसँगै अन्य १० नेतलो प्रधानन्यायाधीश जबरा र एमसीसीलाई समर्थन गरेर अघि बढ्न नसकिन धारणा राखेका छन् । बैठकमा एमाले नेता भीम रावलले एमसीसीविरूद्ध दल दह्रो गरि उभिनुपर्ने बताएका छन्। पार्टीले कुनै पनि हालतमा एमसीसीको समर्थन गर्न नसक्ने भन्दै त्यसको विरोधमा उत्रेर एमसीसी पास हुनबाट बचाउनुपर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij