Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सुनसरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • 413
    SHARES
  • सुनसरीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

    सुनसरी । सुनसरीको दुहबी नगरपालिका-८ जुटमिलमा सोमबार बेलुकी पिकअप जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५० बर्षीय रमेश लुहागुन रहेका छन् । बिराटनगर स्थित बिराट नर्सिङ होममा उपचारको क्रममा मंगलबार बिहान सवा ३ बजे उनको मृत्यु भएको हो । 

    ना १ ज ३० ५१ नम्बरको जिपले पैदलयात्री लुहागुनलाई सोमबार बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो । ठक्कर दिने जिप सहित चालक ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij