वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले एमसीसी संसदमा पेश गर्न सभामुखलाई आग्रह गर्ने र पारित गर्नका लागि पक्षमा मतदान गर्ने निर्णय गरेको छ । कांग्रेस महामन्त्री गगन थापाले बैठकले एमसीसी पेश गर्ने र पारित गर्नका लागि पक्षमा मतदान गर्ने निर्णय गरिएकाे बताए ।
साथै उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत एमसीसीमा साथ दिने र सत्तारुढ माओवादी केन्द्र समेत यसको पक्षमा उभिने विश्वास आजको बैठकमा व्यक्त भएको बताए । कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले एमसिसी नेपालको हितमा रहेको भन्दै पारित गर्नुपर्नेमा जोड दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij