Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अनियमितता र ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

अनियमितता र ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

  • 464
    SHARES
  • अनियमितता र ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

    काठमाडौं । वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन गरिएको छ ।

    नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ७ सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

    उनकाअनुसार मंगलबार बिहानैदेखि सादा पोशाकमा टोली परिचालन गरिएको छ । विभागसँगको समन्वयमा टोलीले काम गर्ने जनाइएको छ ।

    केहीअघि भ्रमण भिसामा गएर मानिस ठगिएको गुनासो आएपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो । यसलाई टोलीले निगरानी गर्नेछ ।

    टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्नेसम्मको अधिकार दिइएको छ । हाल टोली सादा पोशाकमा रहेको र आवश्यकताअनुसार परिचालन हुने ब्यूरोले जनाएको छ ।

    वैदेशिक रोजगार ऐनमा यससम्बन्धी उजुरी प्रहरीले लिनसक्ने व्यवस्था छ । सोहीअनुसार गृह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा ब्यूरोबाट प्रहरी टोली पठाइएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij