वेबटिभी खबर
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक ५३.३० अंकले बढेर २ हजार ७ सय ५४ दशमलव २८ बिन्दुमा पुगेको छ । यस दिन ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १०.८३ अंकले बढेर ५२२.१३ पुगेको छ ।
आज कूल २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेमा कारोबार भएका १३ वटै उपसमूहका शेयर मूल्य उकालो लागेका छन् ।
जसमा बैंकिङ १४.५७, व्यापार ३९.०९, होटल तथा पर्यटन ४९.८२, विकास बैंक १२.३५, जीवन बीमा १८७.०३, जलविद्युत् १३८.१२, वित्त ६५.६८, अन्य ७५.६३, लघुवित्त १४५.७६, निर्जीवन बीमा १८५, उत्पादन ३७.०८ सामूहिक लगानी कोष ०.०३ र लगानी २.२६ अंकले बढेका छन् ।
कारोबारका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड ७७ लाख ३९ हजार ४९० मूल्य बराबरको कारोबार भएको छ । यस्तै नशनल हाइड्रोपावर कम्पनी १८ करोड ५३ लाख ९१ हजार ८४६, नेपाल दूरसञ्चार कम्पनी १८ करोड २१ लाख ६४ हजार ९३७, अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट १३ करोड ५३ लाख ३९ हजार ६३७ र जीवन विकास लघुवित्त वित्तीय संस्था १३ करोड २८ लाख ७५ हजार ६३१ मूल्य बराबरको कारोबार भईशीर्ष स्थानमा रहेका छन्।
नेप्सेका अनुसार आज न्यादी हाइड्रोपावरका लगानीकर्ताका शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै तेह्रथुम पावर कम्पनी ८.७० प्रतिशत, हिमालय ऊर्जा विकास कम्पनी ७.७५, कालिका पावर कम्पनी ७.६५ प्रतिशतले बढेको छ ।
त्यस्तै आज अधिकासं सामूहिक लगानी कोषका मूल्य घटेका छन् । एनआइसी एसिया व्यालेन्स फण्डको मूल्य ३.१४ प्रतिशतले घटेको बजारमा, एनआइसी एसिया ग्रोथ फण्डको १.८६, सिटिजन्स म्युचल फण्ड-१को, १.५३, एनआइवीएल समृद्धि फण्ड-२ को १.४० र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको १.२६ प्रतिशतले घटेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij