Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

एक हप्ताको गिरावटपछि भारतमा नयाँ संक्रमित र मृतकको संख्यामा पुन: वृद्धि

एक हप्ताको गिरावटपछि भारतमा नयाँ संक्रमित र मृतकको संख्यामा पुन: वृद्धि

  • 757
    SHARES
  • एक हप्ताको गिरावटपछि भारतमा नयाँ संक्रमित र मृतकको संख्यामा पुन: वृद्धि

    एजेन्सी, काठमाडौं । भारतमा सोमबारको तुलनामा मंगलबार नयाँ संक्रमित थपिने संख्या र मृतकको संख्यामा वृद्धि भएको छ । 

    मंगलबार रातिसम्म गरिएको परीक्षणमा २८ हजार ९१८ नयाँ संक्रमित थपिएका छन् भने ५१३ जनाले ज्यान गुमाएका छन् । बुधबार बिहान सार्वजनिक गरिएको २४ घण्टे तथ्यांक अनुसार ८२ हजार २९ ले कोरोनालाई जितेका छन् । पछिल्लो एक हप्ता यता लगातार ओरालो लागेको संक्रमित थपिने दर मंगलबार पुन बढेको हो । 

    सोमबार २४ हजार ७४० नयाँ संक्रमित थपिएका थिए भने ३४४ जनाले ज्यान गुमाएका थिए । 

    भारतीय सञ्चार माध्यमले जनाए अनुसार भारतभर तीन लाख ६१ हजार सक्रिय संक्रमित रहेका छन् ।

    भारतमा दैनिक संक्रमितको संख्या २५ हजारभन्दा कम भारतमा दैनिक संक्रमितको संख्या २५ हजारभन्दा कम

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij